चितवन : ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिद्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण गरेको छ ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय टरिगाँउ दाङमा तुलसीपुर ४ बनहरी कि सदस्य सीता कुमारी गौतमले रु. ६,००,०००/- (छ लाख रुपैयाँ ) मात्र कर्जा उपभोग गरि राख्नु भएको र उहाँको श्रीमान झउलाल न्यौपानेको निधन भए पछी सदस्यले संस्थाबाट पाउने बिमा रकम र काजक्रिया खर्च सुविधा बापतको एकमुष्ट रकम रु. ६,१७,५००/- ( छ लाख सत्र हजार पाँच सय रुपैया ) तुलसीपुर ४ बनहरीका टोल प्रमुख भुवन सि चौधरी, समाज सेवी सालिक राम चौधरी, संस्थाका टरिगाँउ स्टेसनका प्रमुख सतिस पौडेल, शाखा प्रमुख चेतना के.सी.को रोहवरमा समुहका सम्पुर्ण सदस्य र केही स्थानीयको उपस्थितिमा सो रकम बराबरको चेक हस्तान्तरण गरिएको थियो ।
उक्त कार्यक्रम एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको थियो, कार्यक्रम सञ्चालन तथा कर्जा र बिमा सुबिधाको बारेमा शाखा प्रमुख चेतना के.सी.ले प्रष्ट पार्नु भएको थियो भने हालको अवस्थामा लघुवित्तको महत्व बारेमा स्टेसन प्रमुख सतिस पौडेलले उपस्थित सम्पूर्णलाई जानकारी गर्नुभएको थियो ।
दु:खको बेला संस्थाले मलम पट्टि लगाउने काम गरेकोमा संस्था प्रती खुशी व्यक्त गर्दै यस संस्थाले खाली कर्जा र बचतमा मात्र सिमित नभई विभिन्न सामाजिक काममा समेत महत्त्वपुर्ण भुमिका निर्वाह गर्ने गरेको र संस्थामा सहि तरिकाले कर्जा उपभोग गरे मृत्यु पश्चात पनि परिवारमा राहत मिल्ने कुरा राख्दै कार्यक्रमका सभाध्यक्ष तथा तुलसीपुर ४ बनहरीका टोल प्रमुख भुवन सि चौधरीले यस ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.परिवारलाई धेरै धेरै धन्यवाद ब्यक्त गर्दै कार्यक्रमलाई समापन गर्नु भएको थियो ।


