सांसद घिमिरेको प्रश्न : नेपालमा दैनिक २० जनाले आत्महत्या गर्दा सरकारको योजना के छ ?

एटुजेड समाचार

काठमाडौं –  राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले नेपालमा तीव्र रूपमा बढिरहेको आत्महत्याको दरप्रति गम्भीर चिन्ता व्यक्त गर्दै न्यूनीकरणका लागि सरकारसँग ठोस योजनाको माग गरेका छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकको सून्य समयमा बोल्दै सांसद घिमिरेले नेपालमा आत्महत्याको स्थिति भयावह बन्दै गएको र यसलाई रोक्न राज्य पक्षबाट तत्काल विशेष पहलकदमी लिनुपर्नेमा जोड दिए ।

सेप्टेम्बर १० विश्व आत्महत्या रोकथाम दिवसको अवसरलाई समेत उल्लेख गर्दै सांसद घिमिरेले मुलुकमा वार्षिक सात हजार भन्दा बढी व्यक्तिले आत्महत्या गर्ने गरेको कहालीलाग्दो अवस्था रहेको उल्लेख गरे ।

उनका अनुसार नेपालमा दैनिक औसत १९ देखि २० जनासम्मले अकालमा ज्यान गुमाइरहेका छन् । आत्महत्याको निरन्तर क्रम रोकिनुको सट्टा दिन–प्रतिदिन झन् बढ्दै गएको भन्दै उनले यस्तो गम्भीर सामाजिक तथा मानसिक स्वास्थ्य समस्यालाई समाधान गर्न सरकारले कस्ता योजना र कार्यक्रमहरू बनाएको छ भन्दै राष्ट्रियसभा अध्यक्षमार्फत सदनमा स्पष्ट जानकारी गराउन माग गरे ।

यस्तै, सांसद घिमिरेले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका नागरिकहरूप्रति पनि गम्भीर दुःख व्यक्त पनि व्यक्त गरे । उनले बाढीको गर्दै विपद्बाट प्रभावित भएकाहरूलाई उचित राहत र व्यवस्थापनका लागि समेत ध्यानाकर्षण गराएका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु