बढ्दो समुद्री सतहले दुईलाख भन्दाबढी तटीय क्षेत्रका अस्ट्रेलियाली घर खतरामाः रिपोर्ट

एटुजेड समाचार

काठमाडौं – समुद्रको सतह निरन्तर बढेको कारण सन् २१०० सम्ममा दुई लाख ५० हजारभन्दा बढी तटीय क्षेत्रका अष्ट्रेलियाली घर तटीय बाढीको जोखिममा पर्ने प्रतिवेदनले जनाएको छ ।गैरसरकारी संस्था क्लाइमेट काउन्सिलले बिहीबार जारी गरेको प्रतिवेदनमा बढ्दो समुद्री सतह र आँधीबेहरीले २१औँ शताब्दीमा राष्ट्रिय अर्थतन्त्रलाई आठ खरव ५५ अरव अष्ट्रेलियन डलर बराबरको क्षेतिहुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनले सन् २१०० सम्ममा बाढीले दुई लाख ६७ लाख तटीय घर र दुई लाख हेक्टर भूमिका साथै उत्तरी क्षेत्रका महत्वपूर्ण पूर्वाधारलाई क्षतिको जोखिममा पार्ने जनाएको छ ।आँधीबेहरी र तटीय बाढीको प्रभाव र समुद्रको सतहको वृद्धिले समुदायलाई पटक–पटक असर गरिरहेको मौसम विज्ञान ब्यूरोका जलवायु पूर्वानुमानका पूर्वप्रमुख र प्रतिवेदनका सह–लेखक एन्ड्र्यू वाटकिन्सले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

वैज्ञानीकका अनुसार हालका सामान्य तया एक वर्षमा देखिने चरम समुद्री सतह सन् २०९० सम्ममा मासिक रूपमा हुने छ भने क्षति मर्मत गर्न असम्भव हुने छ ।प्रतिवेदन अनुसार उत्तरपूर्वी राज्य क्विन्सल्यान्डमा सबैभन्दा धेरै सम्पत्ति क्षतिको जोखिममा छन्, भने पश्चिमी अष्ट्रेलिया (डब्लुए)मा प्रभावित भूमिको सबैभन्दा ठूलो क्षेत्र र सबैभन्दा बढी अनुमानित आर्थिक क्षति छ ।

प्रतिवेदनले खेतीयोग्य जमिनको ३४.६ प्रतिशत क्षतिको जोखिममा रहेकाले यसले राज्यको लागि संचयी आर्थिक घाटा हुने जनाएको छ । वाटकिन्सले राजनीतिक नेताले जलवायु प्रदूषणलाई छिटो कटौती गर्न र पहिले नै बन्द गरिएको समुद्री सतहको वृद्धिका लागि तटीय समुदायलाई राम्रोसँग तयार पार्न कदम चाल्नु पर्ने बताएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु