लगातार चौथो जितको लक्ष्यमा नेपाल, आज हङकङसँग भिड्दै

एटुजेड समाचार

एसीसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको क्वालालम्पुरस्थित बायुएमास ओभलमा अहिले ७ः१५ मा हुने खेलमा नेपाल लगातार चौथो जितको लक्ष्यसहित मैदानमा उत्रिँदैछ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले प्रतियोगितामा लगातार तीन खेल जित्दै समूह ‘ए’को शीर्ष स्थानमा आफूलाई सुरक्षित गरिसकेको छ। नेपालले यसअघि बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गरेको थियो।

सेमिफाइनलमा स्थान पक्का गरिसकेको नेपाल हङकङविरुद्धको खेलमा पनि जित निकाल्दै समूह चरण अपराजित रूपमा समाप्त गर्ने योजनामा छ। कप्तान सन्दीपसँगै रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, दीपेन्द्रसिंह ऐरीलगायत खेलाडीबाट नेपालले उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ।

हङकङ पनि प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेको टोली भएकाले नेपालका लागि आजको खेल सहज भने हुनेछैन। नेपाल जितसँगै समूह चरणको यात्रा सुखद रूपमा टुंग्याउने लक्ष्यमा हुनेछ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु