त्रिभुवन त्रिशूली मावि पूर्ण रूपमा क्षतिग्रस्त, प्रार्थना समयमा घर फर्किएका विद्यार्थीको अवस्था अज्ञात

एटुजेड समाचार

काठमाडौँ – त्रिभुवन त्रिशूली मावि पूर्ण रूपमाबुधबार बिहान त्रिशूली नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा पूर्ण रूपमा क्षति पुगेको छ ।

बाढीले विद्यालयको संरचना पुरै बगाएको र पुरिएको विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले जानकारी दिए। दवाडीका अनुसार प्ले ग्रुपदेखि कक्षा १२ सम्म अध्ययन हुने विद्यालयमा विद्यार्थीको संख्या १६ सय ४३ छ । ती मध्ये अधिकांशलाई प्रार्थना समयमा बाढीको सूचना पाए लगत्तै घर फर्काइएको उनले बताए ।

घर फर्किएका विद्यार्थीको अवस्था अज्ञात रहेको उनको भनाइ छ। ”सूचना पाएपछि मैले विद्यालयमा देखेका विद्यार्थीलाई बाहिर निकालेँ । विद्यार्थीहरू घर जाने भन्दै निस्किएका थिए । उनीहरूको अवस्था थाहा छैन,” उनले भने । क्षतिग्रस्त, प्रार्थना समयमा घर फर्किएका विद्यार्थीको अवस्था अज्ञात

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु