आजको मौसम : चार प्रदेशका यी क्षेत्रमा भारी वर्षाको सम्भावना

एटुजेड समाचार

काठमाडौंः देशका केही प्रदेशका एकदुई स्थानमा आज भारी वर्षाको सम्भावना छ। दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।

पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेसका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ।

कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ। देशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको विभागले बताएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु