महाकालीमा उच्च बहाव, वनबासा पुलमा चारपांग्रे सवारी रोक

एटुजेड समाचार

कञ्चनपुर — महाकाली नदीमा पानीको बहाव तेस्रो दिन पनि उच्च रहेको छ । सोमबारदेखि बढेको बहाव बुधबार साँझ पनि घटेको छैन ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझको मापनअनुसार महाकालीमा पानीको बहाव १ लाख ३ हजार १८९ क्यूसेक रहेको छ ।

पानीको बहाव उच्च भएका कारण शारदा ब्यारेजको वनबासा पुलमा चारपांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको छ । पुरानो जीर्ण पुलमा जोखिम हुने भन्दै नदीमा पानीको बहाव १ लाख क्यूसेक नाघ्नेवित्तिकै ठुला सवारी साधनमा रोक लगाइने गरिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु