देउवा पक्षको भेलामा कांग्रेस सांसदको उपस्थिति शून्य

एटुजेड समाचार

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर शेरबहादुर देउवा पक्षले आयोजना गरेको भेलामा प्रतिनिधि सभाका कोही पनि सदस्य उपस्थित नभएको पाइएको छ । त्यहाँ उपस्थित हुने नेताहरूलाई गराइएको आसन ग्रहण र उपस्थितिमा कोही पनि सांसद छैनन् ।

पार्टी सचेतक निष्कल राईलाई यसबारे सोध्दा आफूहरुलाई जानकारी नभएको र कुनै पनि माननीयहरू राष्ट्रिय भेलामा सामेल भएको बारे संसदीय दललाई थाहा नभएको बताउँछन् ।

‘हामी कोही पनि सामेल भएजस्तो मलाई जानकारी छैन । नजानु भनेर उर्दी जारी गरिएको पनि थिएन ।’ राईले भने, ‘भेला गर्ने र भेलामा सहभागी हुने नेताहरूलाई विभाजन होइन एकतामा लागौँ भन्ने सुझाव दिन चाहन्छु । नीति, सिद्धान्त र विधि सबैले मान्नुपर्छ। विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई स्वीकार गर्दै पार्टी एकतामा लागौँ ।’

शेरबहादुर देउवा नेपाल फर्किएकोमा निष्कलले खुसी व्यक्त गरे । उनले फागुन २१ को निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट निर्वाचन जितेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु