कामठाडौँ – काठमाडौँको नागार्जुन नगरपालिका–२ स्थित ठूलो भर्याङमा आज आगलागी भएको छ।
सोही ठाउँमा रहेको मञ्जु श्री ट्रेडर्सको दोस्रो तलामा विद्युतीय तार सर्ट भई आगलागी हुँदा करिब २२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताइएको छ।
सो आगलागीबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं १९ बगलमुखी विशेष कार्यदल गणबाट खटिएको टोली आगलागी नियन्त्रणमा लिएको हो।
यसैगरी काठमाडौँ महानगरपालिका–२७ जमलमा साउन २३ गते भएको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ।


