धनुषामा सोमबार बिहानदेखि निषेधाज्ञा हटाइँदै

एटुजेड समाचार

जनकपुरधाम : धनुषा जिल्लामा सोमबार बिहान ५ बजेदेखि निषेधाज्ञा हटाइने भएको छ।

सरकारसँगको सहमतिपछि आन्दोलनरत हिन्दुवादी संघसंस्थाले आन्दोलनका कार्यक्रम फिर्ता लिने प्रतिबद्धता जनाएपछि निषेधाज्ञा हटाउन लागिएको प्रशासनको भनाइ छ।

सुनसरीको कप्तानगञ्जमा भएको घटनापछि तराई मधेशमा आन्दोलन चर्किँदा अवस्था तनावग्रस्त बनेको थियो।

यसैगरी धनुषासँग जोडिएको सीमानाकाबाट नेपाल प्रवेश गर्दा अब परिचयत्र अनिवार्य गरिएको छ।

आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको सीमानाकाबाट नेपाल प्रवेश गर्ने सबै व्यक्तिको पहिचान खुल्ने परिचयपत्रका आधारमा सीमानाकामा खटिएका सुरक्षानिकायले अभिलेख राखी प्रवेश गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु