निर्मल पुर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा भोलि शोक बिदा

एटुजेड समाचार

काठमाडौँ – विश्वप्रसिद्ध पर्वतारोही निर्मला पुर्जा (निम्स दाइ) को निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले मंगलबार (साउन १८ गते) शोकबिदा दिएको छ।

उनको सम्मानमा प्रतिमा पनि बनाउने गाउँपालिका अध्यक्ष भारतकुमार पुनले घोषणा गरेका छन्।

सोमबार जारी सूचनामा भनिएको छ, ‘अन्नपूर्ण गाउँपालिका ३, दानाका सुपुत्र तथा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्स दाइ’ पुर्जा लगायत उहाँको आरोहण टोलीका सदस्यहरुले पाकिस्तानस्थित ब्रड पिक (८,०४७ मिटर) हिमालमा आएको भीषण पहिरोका कारण दुःखद निधन भएको खबरले सम्पूर्ण गाउँपालिका परिवार, म्याग्दीवासी र समग्र नेपालीलाई स्तब्ध र मर्माहत बनाएको छ।’

साथै, सूचनामा अगाडि भनिएको छ, ‘नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वसामु नयाँ उचाइमा पु¥याउने, नेपाली पर्वतारोहीको पहिचान र गौरवलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने तथा साहस, नेतृत्व र समर्पणको अनुपम उदाहरण प्रस्तुत गर्ने स्व.निर्मल पुर्जाको योगदान सदैव स्मरणीय रहनेछ। उहाँको असामयिक निधनले नेपालमात्र होइन, विश्व पर्वतारोहण समुदायले समेत अपूरणीय क्षति व्यहोरेको छ।’

गाउँपालिकाले १८ साउनमा गाउँपालिकाअन्तर्गत अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा शोक बिदा दिने घोषणा गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु