चितवन — विश्व हिन्दु महासंघ चितवनले आज शुक्रबारका लागि घोषणा गरेको चितवन बन्दको कार्यक्रम फिर्ता लिएको छ।
महासंघका चितवन अध्यक्ष प्रेम गैरेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्बोधन तथा गृहमन्त्री र पीडित पक्षबीच भएको सहमतिले सकारात्मक सन्देश प्रवाह गरेको निष्कर्षसहित सरकारले चालेको पहलको स्वागत गर्दै बन्दको कार्यक्रम फिर्ता लिइएको हो।
विज्ञप्तिमा स्थानीय प्रशासन, राजनीतिक दल तथा विभिन्न व्यवसायिक संघ–संस्थाबाट प्राप्त आग्रहलाई समेत सम्मान गर्दै बन्दको निर्णय फिर्ता गरिएको उल्लेख गरिएको छ।
सुनसरीमा भएको घटनापछि उत्पन्न धार्मिक विवाद पछिल्ला दिनहरूमा मधेस प्रदेशका विभिन्न जिल्लामा फैलिएको छ।
बिहान केही समय चितवनमा यातायात, बजार तथा अन्य क्षेत्रमा यसको प्रभाव देखिएको थियो । प्रहरिहरु चोक चोकमा तैनाथ अवस्थामा रहेका थिए ।
बन्द फिर्ता भएसङै अब भबे चितवनको जनजिवान सामान्य हुने अपेक्षा गरिएको छ ।


