फिस्लिङमा सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

एटुजेड समाचार

चितवन — नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत फिस्लिङ क्षेत्रमा आज बिहान सुख्खा पहिरो खसेपछि सडकमा सवारी आवागमन प्रभावित भएको छ।

पहिरोका कारण सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारीसाधन रोकिएका छन्। पहिरो पन्छाउने कार्य तीव्र रूपमा अघि बढाइरहेको जनाएको छ।

सडक पूर्ण रूपमा सञ्चालनमा नआउञ्जेल यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन र यात्रा अघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सम्बन्धित निकायले अनुरोध गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु