कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

धनगढी –  कैलाली भन्सार कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/०८२ को तुलनामा आर्थिक वर्ष २०८२/०८३ को अवधिमा राजस्व संकलनमा प्रगति गरेको छ । कैलाली भन्सार कार्यालयले गत आर्थिक बर्षको अवधिमा ८ अरब ९८ करोड, ५६ लाख राजस्व संकलन गरेको हो । कैलाली भन्सार कार्यालयका लागि गत आर्थिक बर्षमा ९ अरब ७१ करोड १५ लाख राजस्व संकलनको लक्ष निर्धारण गरिएको थियो ।

कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाका अनुसार आर्थिक बर्ष २०८१/०८२ को तुलनामा गत आर्थिक वर्षमा समग्र असूली दर ८ दशमलव ८१ प्रतिशतले वृद्धि भएको हो । दुई आर्थिक वर्षको तुलना र कार्यसम्पादन अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयले कुल ११ अर्ब १६ करोड २६ लाख ३० हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा ७७ दशमलव ६७ प्रतिशत अर्थात् ८ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ संकलन भएको थियो ।

आर्थिक वर्ष २०८२/०८३ मा लक्ष्य केही परिमार्जन गरी ९ अर्ब ७१ करोड १५ लाख ६ हजार रुपैयाँ तोकिएकोमा ८६ दशमलव ४८ प्रतिशत अर्थात् ८ अर्ब ३९ करोड ५६ लाख ९ हजार रुपैयाँ राजस्व असूली भएको सूचना अधिकारी तिमिल्सिनाले बताए । कैलाली भन्सार कार्यालयले गत आर्थिक बर्षको चैत महिना लक्ष्यको एक सय ४ दशमलव ९४ प्रतिशत (९२ करोड २० लाख ६६ हजार रुपैयाँ) राजस्व संकलन गरेको थियो ।

सूचना अधिकारी तिमिल्सिनाका अनुसार सरकारले अमेरिका इरानको युुद्धका कारण चैत महिनामा पेट्रोलियम पदार्थको आयातमा राजस्व छुट गर्ने निर्णय गरेको थियो । जसका कारण राजस्व असुलीको लक्ष भेटाउन कठिनाई भएको हो ।

डिजेल र पेट्रोलबाट मात्रै ५ अर्ब राजस्व संकलन

कैलाली भन्सार कार्यालयको मुख्य राजस्व संकलनको श्रोत पेट्रोलियम पदार्थ हुने गरेको छ । गत आर्थिक वर्ष २०८२/०८३ को तथ्यांक अनुसार कैलाली नाकाबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयातनै भएको छ ।

जसमा डिजेलबाट ३ अर्ब ३८ करोड ६० लाख, पेट्रोलबाट १ अर्ब ६५ करोड ७० लाख रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै कैलाली भन्सार कार्यालयले खाना पकाउने एलपीजी ग्यास आयातबाट ३४ करोड ८२ लाख राजस्व संकलन भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु