१५ औँ अमर टीका स्मृति दिवसमा विकास पौडेल सम्मानित

एटुजेड समाचार

काठमाडौं – स्वर्गीय टीका बहादुर प्रसाईको १५ औँ स्मृति दिवस–२०८३ को अवसरमा पर्वत चितवन सम्पर्क समाजका अध्यक्ष विकास पौडेललाई सम्मान गरिएको छ। पौडेललाई “व्यक्तित्व समीक्षा, विशेष सम्मान एवं श्रद्धासुमन कार्यक्रम” मा समाजसेवा तथा संस्थागत क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै उक्त सम्मान गरिएको हो ।

विश्व प्रसाई फाउण्डेशन नेपाल तथा अमर टीका फाउण्डेशन नेपालको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सम्मानित व्यक्तिले समाज, शिक्षा तथा संस्थागत विकासमा पुर्‍याउँदै आएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मानपत्र प्रदान गरिएको हो।

पौडेलले विश्व प्रसाई फाउण्डेशन नेपाल, अमर टीका फाउण्डेशन नेपाल तथा सम्पूर्ण आयोजक परिवारप्रति विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको सफल आयोजनामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति कृतज्ञता ज्ञापन गर्नुभयो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु