भारतमा ‘कक्रोच’ आन्दोलन चर्किँदै, दिल्लीमा विद्यार्थी र प्रहरीबीच पुन: झडप

एटुजेड समाचार

भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर-मन्तरमा बुधबार राति ‘ककरोच जनता पार्टी’ (सीजेपी) का समर्थक विद्यार्थी र प्रहरीबिच पुनः उग्र झडप भएको छ।

प्रदर्शनकारीका तर्फबाट ढुङ्गामुढा भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका गोलाहरू प्रहार गरेको छ।

सार्वजनिक भएका केही भिडियोहरूमा प्रदर्शनकारीहरूको हातमा लाठी देखिएको र उनीहरूले प्रहरीमाथि आक्रमण गरिरहेको दृश्य कैद छ।

यसअघि गत साउन ५  मा सीजेपीको संसद् मार्चका क्रममा प्रदर्शनकारीहरू संसद्को गेट नजिकै पुगेपछि उनीहरूलाई हटाउन प्रहरीले लाठीचार्ज गरेको थियो।

आन्दोलन चर्किएपछि गृह मन्त्रालयको निर्देशनसँगै पश्चिम बङ्गालको कोलकाताबाट ‘सीआरपीएफ’ का करिब २ हजार जवानलाई एयरलिफ्ट गरी दिल्ली उतारिएको छ।

सुरक्षाका कारण दिनभर बन्द गरिएका १६ वटा मेट्रो स्टेसन भने साँझदेखि पुनः सञ्चालनमा ल्याइएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु