चितवन प्रशासनमा राष्ट्रिय परिचयपत्र सेवा अब बिहान ८ देखि साँझ ७ बजेसम्म

एटुजेड समाचार

जिल्ला प्रशासन कार्यालय चितवनले बिहानदेखि साँझसम्म राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा उपलब्ध गराउने भएको छ। सो सेवा बिहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ। आज एक सूचना जारी गर्दै बिहीबारदेखि सो सुविधा दिन लागिएको जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमद्वारा जारी सूचनामा सेवा ग्राहीको चापलाई मध्यनजर गर्दै समय बढाइएको जनाइएको छ। दैनिक ७५० जना हाराहारीलाई सेवाग्राहीलाई सेवा दिने गरी प्रबन्ध मिलाइएको सूचनामा उल्लेख छ।

यससँगै केही दिनका लागि राष्ट्रिय परिचयपत्र वितरणको काम रोकिएको थियो। विगतमा परिचयपत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राहीको काम उक्त नम्बरका आधारमा हुने भएकाले केही दिनका लागि परिचयपत्र वितरणको काम रोकिएको सूचनामा उल्लेख छ।

विभागको ‘सिस्टम अपग्रेड’ का कारण सनाखतमा ढिलाइ भएको हुँदा क्रमशः सनाखत हुँदै जाने भएकाले उक्त प्रयोजनाका लागि कार्यालय आइराख्नु नपर्ने सूचनामा उल्लेख छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु