भरतपुर–१० मा बलेरोले स्कुटरलाई ठक्कर दिँदा घाइते चालकको उपचारकै क्रममा मृत्यु

चितवन – चितवनको भरतपुर महानगरपालिका–१० मा बलेरो गाडीले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालकको उपचारकै क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो करिब २:५५ बजे लु.प्र.०१–००१ च ३४८९ नम्बरको बलेरो गाडीले ना ३६ प ९४४२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा स्कुटर चालक भरतपुर महानगरपालिका–१२ निवासी करिब ४० वर्षीय रमेश पाण्डे गम्भीर घाइते भएका थिए। दुर्घटनालगत्तै उनलाई स्थानीयवासी तथा प्रहरीले उद्धार गरी उपचारका लागि पुष्पाञ्जली अस्पताल पुर्याएका थिए।

अस्पतालमा उपचार भइरहेका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। दुर्घटनापछि बलेरो चालक कपिलवस्तुको जयनगर नगरपालिका–२ निवासी २६ वर्षीय सागर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दुर्घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। साथै, दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन घटनास्थलको अध्ययन तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु