आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई काठमाडौं महानगरले रोजगारी, सन्ततिलाई निःशुल्क शिक्षा दिने

एटुजेड समाचार

काठमाडौँ – काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान गुमाएका मुगुका गणेश नेपालीको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

घटना हुनुअघि काठमाडौँ महानगरपालिकाको नगर प्रहरीसँग नेपालीको भनाभन परेको थियो ।

काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पार्किङ गरेको विषयमा महानगर प्रहरीसँग नेपालीको भनाभन परेको थियो । महानगर प्रहरीले उनको बाइकमा ह्वील लक लगाएको थियो । त्यसको केही समयपछि सोही बाइकको पेट्रोल झिकेर उनले आफैँलाई आगो लगाएका थिए ।

यसबारे महानगरले सरकारले बनाउने छानबिन समितिलाई सहयोग गर्ने पनि बताएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले जारी विज्ञप्तिमा उल्लेख छ, ‘दिवंगत गणेश नेपालीका परिवारलाई काठमाडौं महानगरपालिकाको तर्फबाट मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निःशुल्क शिक्षा दिने सम्बन्धमा विधिसम्मत रूपमा कार्यपालिका बैठकबाट निर्णय गरिनेछ ।

यस्तो छ महानगरको विज्ञप्ति

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु