सुर्खेतको वीरेन्द्रनगरस्थित पाथीभरा मन्दिरकी एक माताले शुक्रबार फेसबुक लाइभमार्फत विष सेवन गरेकी छन्।
विष सेवन गरेलगत्तै उनको उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत लगिएको थियो।
कर्णाली प्रदेश अस्पतालकी उपसचिव तथा सूचना अधिकारी अनिता ज्ञवालीका अनुसार ती महिलाको आईसीयूमा उपचार भइरहेको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
विष सेवन गर्नुको कारण भने खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


