चितवनमा संचालित भिक्ट्रो कार्गो एण्ड लजिस्टिक्सले देशभर ३० शाखा बिस्तार गर्दै

भरतपुर – चितवनबाट सञ्चालनमा रहेको भिक्ट्रो कार्गो एण्ड लजिस्टिक्सले आफ्नो सेवा विस्तार गर्दै देशभर ३० वटा शाखामार्फत कार्गो तथा लजिस्टिक्स सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार यसको प्रधान कार्यालय भरतपुर महानगरपालिका–१०, सप्तगण्डकी चोकमा रहेको छ।

हाल झापा, इटहरी, धरान, बर्दिबास, काठमाडौं, पोखरा, गोरखा, बुटवल, कोहलपुर, नेपालगञ्जलगायत देशका विभिन्न स्थानमा शाखा विस्तार गरी सेवा प्रदान गर्ने तयारि रहेका कम्पनीका सीइयो सन्देश अर्यालले जानकारी दिए।कम्पनीले नेपालभर विभिन्न प्रकारका कार्गो तथा कुरियर सेवा उपलब्ध गराउँदै आएको छ।

यसअन्तर्गत किलो कार्गो (नर्मल) सेवामार्फत दैनिक उपभोग्य सामग्री एक स्थानबाट अर्को स्थानमा कुरियर गरिन्छ भने ग्राम कुरियर सेवाबाट कागजात तथा साना पार्सल सुरक्षित रूपमा पठाउने व्यवस्था गरिएको छ। त्यस्तै, टन लजिस्टिक्स सेवाअन्तर्गत ठूला तथा भारी सामग्रीको ढुवानीसमेत गरिँदै आएको सीइयो अर्यालले बताए।

सुरक्षालाई प्राथमिकतामा राख्दै कम्पनीले पठाइने सामानको पूर्ण बीमा (फुल इन्स्योरेन्स)को व्यवस्था गरेको जनाएको छ। साथै, ग्राहकले अनलाइन प्रणालीमार्फत आफ्ना सामग्रीको ट्र्याकिङ गरी ढुवानीको अवस्थाबारे जानकारी लिन सक्ने सुविधा पनि उपलब्ध रहेको कम्पनीको भनाइ छ। यो सेवा देश तथा बिदेशका जुनसुकै ठाउहरुमा पनि लिन र दिन सकिने छ। कम्पनीले नेपाल सरकारको प्रचलित नीति, नियम तथा आवश्यक स्वीकृति प्राप्त गरी सेवा सञ्चालन गरिरहेको जनाएको छ। सेवा विस्तारसँगै छिटो, सुरक्षित र भरपर्दो ढुवानी सेवा उपलब्ध गराउने लक्ष्य रहेको कम्पनीले उल्लेख गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु