सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

एटुजेड समाचार

काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ५ सयले घटेर २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । सोमबार २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ४ हजार २८५ रुपैयाँमा कारोबार भएको छ । सोमबार ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु