नारायणी पुलबाट नदीमा हाम फालेका ६२ वर्षीय पुरुषको सकुशल उद्धार

एटुजेड समाचार

पूर्वी नवलपरासी – पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–२ स्थित नारायणी नदीको पुलबाट एक पुरुषले नदीमा हाम फालेपछि सशस्त्र प्रहरी बलको टोलीले सकुशल उद्धार गरेको छ।

प्राप्त जानकारी अनुसार देवचुली नगरपालिका–११ धारापानी निवासी ६२ वर्षीय झनक प्रसाद पौडेलले आज बिहान करिब १०:१० बजे नारायणी नदीमा हाम फालेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्काको कमाण्डमा ३० जनाको उद्धार टोली परिचालन गरिएको थियो।

उक्त टोलीले बिहान १०:२० बजे पौडेलको सकुशल उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ। उद्धारपछि उनलाई थप उपचारका लागि गुल्मको एमटीआर (MTR) मार्फत चितवनतर्फ पठाइएको छ।घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु