तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

एटुजेड समाचार

भरतपुर – नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ।

सडक डिभिजन भरतपुरले बुधबार साँझ पहिरो खसिरहेको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै यसबारे जानकारी दिएको हो।

कार्यालयले पहिरो झर्ने क्रम जारी नै रहेको जनाउँदै पहिरो हटाउन सम्बन्धित स्थानमा मेसिन परिचालन भैसकेको जनाएको छ।

साथै, यात्रुहरूलाई नेपाल प्रहरीको निर्देशनमा बाटोको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न पनि सडक कार्यालयले आग्रह गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु