सुदूरपश्चिम रोयल्समा मार्की दीपेन्द्रसहित ७ खेलाडी रिटेन

एटुजेड समाचार

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम रोयल्सले मार्की दीपेन्द्र सिंह ऐरीसहित ६ खेलाडीलाई नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ का लागि निरन्तरता दिने भएको छ।

मार्की दीपेन्द्र सहित सुदूरपश्चिमले अविनाश बोहरा, विनोद भण्डारी, हेमन्त धामी, इशान पाण्डे, हिकमत महरा र आरिफ शेखलाई रिटेन गर्ने निर्णय गरेको जनाएको छ।

दीपक बोहरा, मिलन बोहरा, टेक रावत, नरेन साउद र दीपेन्द्र थापालाई भने टोलीले रिलिज गरेको छ।र

सुदूरपश्चिम एनपिएलको पछिल्ला दुबै संस्करणमा उपविजेता बनेको थियो। गत सिजन फाइनलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।

सिजन ३ को लागि जनकपुर बोल्ट्स, चितवन राइनोज, कर्णाली याक्स,पोखरा एभेन्जर्स ,काठमाडौं किङ्स र विराटनगर किंग्सले खेलाडी रिलिज र रिटेनको घोषणा गरिसकेका छन्। जसमध्ये जनकपुरका मार्की आशिफ शेख रिलिज हुँदा अन्य टोलीले मार्की खेलाडीलाई भने निरन्तरता दिएका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु