मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया ३–० ले पराजित

एटुजेड समाचार

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ । विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले आफ्नो ऐतिहासिक २०० औँ अन्तर्राष्ट्रिय खेल खेलिरहेका मेसीले मैदानमा जादू गरे ।

अर्जेन्टीनाले अल्जेरियालाई तीन शून्य गोल अन्तरले पराजित गरेको हो । अल्जेरियाविरुद्ध खेलको १७, ६० र ७६ मिनेटमा गोल गर्दै मेसीले ह्याट्रिक पूरा गरेका हुन् ।

खेलको पहिलो हाफमा रोड्रिगो डे पउलको पासलाई नियन्त्रणमा लिँदै २५ यार्ड टाढाबाट १७ मिनेटमा गरेको प्रहार गोलमा परिणत भएपछि अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको थियो । खेलको ६० औँ मिनेटमा मेसीले टोलीको अग्रता दोब्बर बनाए ।

लिभरपुलका मिडफिल्डर अलेक्सिस म्याक अलिस्टरको २५ यार्ड टाढाको प्रहारलाई अल्जेरियाका गोलरक्षक लुका जिदानले नियन्त्रणमा लिन नसक्दा छातीमा लागेर फर्किएको बललाई मेसीले ७६ मिनेटमा आफ्नो कम चल्ने दायाँ खुट्टाले सहजै पोस्टको दिशा दिएका थिए ।

मेसीले विश्वकपमा गरेको १६ औँ गोलसँगै उनले जर्मनीका क्लोजसँगको कीर्तिमान बराबरी गरेका छन् ।

यसअघि खेलको सुरुवाती चरणमा अल्जेरियाका फारेस चेइबीले गोल गरे पनि भीएआरले त्यसलाई अफसाइड घोषित गरिदिएको थियो । चेइबीको अर्को एउटा कठिन प्रहारलाई अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले उत्कृष्ट बचाउ गर्दै विफल पारिदिएका थिए ।

मेसीको कीर्तिमानी खेल र ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुआत गरेको छ ।

 

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु