सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा एक पक्राउ

एटुजेड समाचार

काठमाडौं प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सांसद ओलीले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध अपमानजनक तथा नकारात्मक टिप्पणी गर्दै चरित्रहत्या गरिएको भन्दै उजुरी दिएपछि नेपाल प्रहरी साइबर ब्युरोले अनुसन्धान अघि बढाएको थियो ।

ब्युरोका अनुसार ६१ वर्षीय प्रधुमन श्रेष्ठलाई सोमबार काठमाडौंको सतुंगल क्षेत्रबाट पक्राउ गरिएको हो । उनलाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्यादसमेत प्राप्त भएको प्रहरीले जनाएको छ ।

सांसद ओलीले फेसबुकमा पोस्ट गरिएका आफ्ना तस्बिर तथा सामग्रीमा अशोभनीय शब्द प्रयोग गर्दै प्रतिष्ठामा आँच पुर्‍याउने प्रयास भएको दाबी गर्दै प्रधुमन श्रेष्ठसहित करिब तीन दर्जन व्यक्तिविरुद्ध उजुरी दर्ता गराएकी छन् ।

साइबर ब्युरोले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु