इरान–अमेरिका तनाव : हर्मुज जलमार्ग बन्द, दुई जहाजमा इरानी आक्रमण

एटुजेड समाचार

अमेरिकाले इरानमाथि नयाँ चरणको सैन्य आक्रमण सुरु गरेपछि तनाव थप चुलिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकी कारबाहीको प्रतिक्रियास्वरूप हर्मुज जलमार्गमा रहेका दुई जहाजलाई निशाना बनाएर आक्रमण गरेको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध अन्त्यका लागि सम्झौतामा ढिलाइ गरेको आरोप लगाउँदै थप कडा सैन्य कारबाहीको चेतावनी दिएका थिए। त्यसलगत्तै अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका ‘निरन्तर आक्रामक गतिविधि’ विरुद्ध आत्मरक्षात्मक आक्रमण सञ्चालन गरिएको जनाएको छ।

इरानी सरकारी सञ्चारमाध्यमहरूले हर्मुज जलमार्ग सबै प्रकारका जहाजका लागि बन्द गरिएको दाबी गरेका छन्। यद्यपि, सेन्टकमले व्यावसायिक जहाजहरूको आवतजावतमा कुनै अवरोध नआएको बताएको छ।

तनाव बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य एसियाली कारोबारमा करिब दुई प्रतिशतले बढेर प्रतिव्यारेल ९५ डलरभन्दा माथि पुगेको छ।

यसबीच, इरानी राष्ट्रपति मसउद पेजेशकियानले इरान कुनै पनि दबाब वा धम्कीअगाडि नझुक्ने अडान दोहोर्‍याएका छन् भने तेहरानले अमेरिकामाथि कूटनीतिक प्रयासलाई कमजोर बनाएको आरोप लगाएको छ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु