काठमाडौँबाट पर्सासम्मको जिम्मेवारी यात्रा : दिपेन्द्र श्रेष्ठ बने ट्राफिक प्रमुख

वीरगञ्ज – काठमाडौँ उपत्यका प्रहरी कार्यालयको कन्ट्रोल रुम समन्वय शाखामा कार्यरत प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको नेतृत्व सम्हाल्ने भएका छन्। संगठनको निर्णयअनुसार श्रेष्ठलाई पर्सा जिल्लाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको हो।

सञ्चार, समन्वय र प्रहरी परिचालनको संवेदनशील जिम्मेवारी सम्हाल्दै आएका श्रेष्ठ अब पर्साको बढ्दो सवारी चाप, ट्राफिक अनुशासन र सडक सुरक्षाको चुनौती सामना गर्ने जिम्मेवारीमा पुगेका छन्।

पर्सा जिल्लामा ट्राफिक नियम उल्लङ्घन, अव्यवस्थित पार्किङ तथा सडक दुर्घटनाका घटनालाई नियन्त्रण गर्दै ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। प्रहरी निरीक्षक श्रेष्ठको आगमन हुने भए सँगै ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन, जनचेतना अभिवृद्धि र सेवा प्रवाहमा सुधार आउने विश्वास गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको कमाण्डमा सुरक्षित, व्यवस्थित र अनुशासित सडक संस्कृतिको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बिश्वास राखेका छन् । उनका लागि यो जिम्मेवारी केवल पदस्थापन मात्र नभई पर्साको ट्राफिक व्यवस्थापनलाई नयाँ उचाइमा पुर्‍याउने अवसरका रूपमा हेरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु