कश्मीरमा पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना, सबै सवारको मृत्यु

एटुजेड समाचार

कश्मीरको मुजफ्फराबाद सहर नजिकै पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना भएको छ।

प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना भएको सेनाले बुधबार जनाएको छ।

पाकिस्तान आर्मी एभिएसनको एमआई–१७ हेलिकप्टर मुजफ्फराबाद नजिकै टेक–अफ गर्दा प्राविधिक समस्या कारण दुर्घटनाग्रस्त भएको सेनाको मिडिया शाखाले विज्ञप्ति मार्फत जनाएको छ।

सेनाले मृतकको सङ्ख्या उल्लेख नगरी जहाजमा सवार रहेका सबै जनाको मृत्यु भएको जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु