चितवनमा ३ दिने ड्रोन तालिम हुँदै, उत्कृष्ट सहभागीलाई चीनमा उन्नत प्रशिक्षणको अवसर

एटुजेड समाचार

चितवन – नेपालमा ड्रोन प्रविधिको बढ्दो प्रयोग तथा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले Drone Hub Nepal, काठमाडौं ले चितवनमा तीन दिने व्यावहारिक ड्रोन तालिम आयोजना गर्ने भएको छ।

आयोजकका अनुसार आगामी जुन १२ देखि १४ तारिखसम्म भरतपुर–८, गौरिगञ्जस्थित Eden Garden School मा सञ्चालन हुने तालिम विद्यार्थी, युवा तथा ड्रोन प्रविधिमा रुचि राख्ने व्यक्तिहरूलाई लक्षित गरी आयोजना गरिएको हो।

तालिममा सहभागीहरूले ड्रोन सञ्चालन, सुरक्षा, हवाई छायांकन (Aerial Photography), फोटोग्रामेट्री, नेपालमा लागू ड्रोनसम्बन्धी नियम तथा अनुमति प्रक्रियाबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गर्नेछन्। तालिमको कुल अवधि १५ घण्टाभन्दा बढी रहने आयोजकले जनाएको छ।

उत्कृष्ट सहभागीलाई चीनमा उन्नत ड्रोन प्रशिक्षण :

कार्यक्रमको विशेष आकर्षणस्वरूप उत्कृष्ट प्रदर्शन गर्ने एक जना सहभागीलाई चीनमा उन्नत ड्रोन तालिम प्राप्त गर्ने अवसर प्रदान गरिनेछ। उक्त अवसरमार्फत सहभागीले अन्तर्राष्ट्रिय स्तरको ड्रोन प्रविधि, आधुनिक UAV प्रणाली तथा व्यावसायिक ड्रोन सञ्चालनसम्बन्धी थप ज्ञान र अनुभव हासिल गर्न सक्नेछन्।
त्यसैगरी उत्कृष्ट प्रशिक्षार्थीहरूलाई Drone Hub Nepal को Pilot Roster मा समावेश गरी भविष्यमा इन्टर्नसिप तथा पारिश्रमिकसहितका विभिन्न ड्रोन परियोजनाहरूमा सहभागी गराइने सम्भावना रहेको पनि आयोजकले जनाएको छ।

तालिममा निम्न विषयहरू समावेश गरिनेछन् :
UAV (ड्रोन) का आधारभूत सिद्धान्त तथा एरोडाइनामिक्स
CAAN का ड्रोनसम्बन्धी नियम (२०२४–२०२६) तथा अनुमति प्रक्रिया
ड्रोन हार्डवेयर, सुरक्षा मापदण्ड तथा मर्मतसम्भार
फ्लाइट सिमुलेटर प्रशिक्षण
वास्तविक ड्रोन उडान अभ्यास
एरियल सिनेमाटोग्राफी तथा क्यामेरा नियन्त्रण
फोटोग्रामेट्रीको आधारभूत ज्ञान
Intelligent Flight Modes (RTH, Active Track, Obstacle Avoidance)

अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण :

तालिम हेलिकप्टर पाइलट, UAV विशेषज्ञ, एरोनोटिकल इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियर, कृषि ड्रोन प्रशिक्षक तथा सूचना प्रविधि विज्ञहरूको टोलीद्वारा सञ्चालन गरिनेछ।
प्रमुख प्रशिक्षकहरूमा:
Palden Sherpa – Pilot, Prabhu Heli Captain
Prabin Bhattarai – UAV Expert (Master’s in UAV, France)
Er. Ramesh Sah – Inspector, Nepal Police / Electronics Engineer
Er. Motiram Itani – Aeronautical Engineer
Sachin Kumar Singh – Technical Head, Drone Hub Nepal
Om Prakash Sah – Computer Systems Engineer & Digital Marketing Specialist
Sarthak Shahi – Aeronautical Engineer
Sajina Nepal – Agri-Drone Instructor (B.Sc. Agriculture)
रहनेछन्।

शुल्क र प्रमाणपत्र :

तालिममा सहभागिताका लागि रु. १०,००० शुल्क निर्धारण गरिएको छ। तालिम सफलतापूर्वक सम्पन्न गर्ने सहभागीहरूलाई Certificate of Completion प्रदान गरिने आयोजकले जनाएको छ।
“ड्रोन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै नेपाली युवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने उद्देश्यले यो तालिम आयोजना गरिएको हो,” आयोजकको भनाइ छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु