काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन् । उनले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिइरहेका छन् । आजको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्री शाहले समय मागेका थिए । बोल्नका निम्ति हात उनले उठाए र उनी उठ्न खोजे । त्यसपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले रोस्ट्रम प्रयोगको अनुमति दिए ।
सभामुखबाट समय प्राप्त भएपछि उनले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन आफू तयार रहेको बताए।
यसअघि प्रधानमन्त्रीले संसदमा उपस्थित भई जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले निरन्तर विरोध जनाउँदै आएका थिए । प्रधानमन्त्री शाहको आजको उपस्थितिसँगै सांसदहरूले उठाएका विषयमा प्रत्यक्ष जवाफ दिने प्रक्रिया अघि बढेको छ ।


