नेपाल मत्स्य समाजमा नयाँ नेतृत्व

एटुजेड समाचार

काठमाडौं – नेपाल मत्स्य समाजको सातौँ वार्षिक साधारण सभा तथा अधिवेशन समाजकी अध्यक्ष डा.सुनिला राईको अध्यक्षता र माननीय कृषि, वन तथा पर्यावरण मन्त्री श्री गीता चौधरीको प्रमुख आतिथ्यमा यही मंशीर ११ गते काठ्माण्डौस्थित सिदार्थ कटेज, धो-बीघाटमा सम्पन्न भएको छ ।

मत्स्यपालन क्षेत्रसंग सम्बन्धित ६० जनाभन्दा बढी विज्ञ, प्राध्यापक, प्रसार र अनुसन्धानमा संलग्न सरोकारवालाहरुलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषकको जीविकोपार्जन र आयआर्जनका साथै मानिसको स्वास्थ्यसँग समेत प्रत्यक्ष जोडिएको मत्स्य पालन व्यवसाय सरकारको प्राथमिकतामा रहेको र यस क्षेत्रमा देखिएका चुनौति र समस्याहरुको समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताइन् ।

कार्यक्रममा राजर्शी जनक विश्वविद्यालयका उपकुलपति डा. श्याम नारायण लाभ र पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालको समेत उपस्थित रहेको थियो ।

उक्त साधारण सभाको बन्द सत्रमा वार्षिक प्रगति विवरण र आर्थिक प्रतिवेदन पेश गरिएको थियो । साथै अधिवेशनले श्री युगल किशोर तिवारीको अध्यक्षतामा नयाँ ११ सदस्यीय कार्यसमिति समेत सर्वसम्मतिबाट चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा डा. सन्तोषी श्रेष्ठ, महासचिवमा राहुल रन्जन, सचिवमा उमिता साह, कोषाध्यक्षमा यज्ञ प्रसाद गौतम र सदस्यहरुमा डा.कुमार खत्री, डा. अरुण प्रसाद वैद्य, निता पराजुली कार्की, सुनिता चन्द, डा.विनिता तामाङ्ग र रविन्द्र कठायत रहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु