‘मेट्स स्टडी एक्स्पो २०२६’ भव्य र उत्साहजनक रूपमा सम्पन्न

एटुजेड समाचार

चितवन – अग्रणी शैक्षिक परामर्श संस्था मेट्स इन्टरनेसनल एजुकेसन एण्ड भिषा सर्भिसेज, चितवन शाखाको आयोजनामा ‘मेट्स स्टडी एक्स्पो २०२६’ भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ।

एक्स्पो हिजो (शुक्रबार) ८ गते चितवनस्थित मेट्सको कार्यालय परिसरमा बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन भएको थियो । उक्त एक्स्पोमा ३०० भन्दा बढी विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

विदेश अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको एक्स्पोमा अष्ट्रेलिया, क्यानडा र बेलायतका ५० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरू सहभागी भएका थिए।

सहभागी विद्यार्थीहरूले विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्दै कोर्स छनोट, भर्ना प्रक्रिया, छात्रवृत्ति अवसर तथा शुल्क विवरणबारे विस्तृत जानकारी प्राप्त गरेका थिए।

एक्स्पोको मुख्य आकर्षणका रूपमा British Council का प्रतिनिधिद्वारा IELTS Master Class तथा PTE विशेषज्ञद्वारा PTE Master Class सञ्चालन गरिएको थियो ।

Forbes

उक्त सेसनमा विद्यार्थीहरूले उच्च स्कोर ल्याउने रणनीति, updated exam pattern, speaking तथा writing techniques लगायतका विषयमा प्रत्यक्ष प्रशिक्षण प्राप्त गरेका थिए ।

मेट्स इन्टरनेसनल एजुकेसनका प्रमुख प्रकाश पाण्डेले विद्यार्थीहरूलाई सही शैक्षिक मार्गदर्शन प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले “विद्यार्थीहरूले युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्न पाउनुका साथै आवश्यक कागजात पूरा भएका विद्यार्थीहरूले अन–द–स्पट एडमिसन समेत लिन सफल भएका छन्।”

एक्स्पोमा कक्षा १२ उत्तीर्णदेखि ब्याचलर तथा मास्टर्स तह अध्ययन गर्न चाहने विद्यार्थीहरूले शैक्षिक परामर्श लिएका थिए।

साथै, सहभागी विद्यार्थीहरूका लागि निशुल्क शैक्षिक परामर्श, प्रोसेसिङ सेवा तथा गिफ्ट ह्याम्परको व्यवस्था गरिएको थियो।

सन् २००७ मा अष्ट्रेलियाको ब्रिस्बेनबाट स्थापना भएको मेट्स इन्टरनेशनल शिक्षा तथा माइग्रेसन परामर्श क्षेत्रमा परिचित संस्था हो। संस्थाले नेपालसहित अष्ट्रेलिया, भारत, फिलिपिन्स लगायतका देशहरूमा आफ्नो सेवा विस्तार गरिसकेको छ।

मेट्स इन्टरनेशनलले दुई दशकदेखि विदेश अध्ययन परामर्श, विद्यार्थी भिसा प्रक्रिया, विश्वविद्यालय तथा कलेज भर्ना सहायता, IELTS, PTE तथा TOEFL तयारी कक्षा,माइग्रेसन तथा PR परामर्श, टुरिस्ट तथा स्पाउस भिसा सहायता Documentation लगायतका सेवा प्रदान गर्दै आएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु