नेपालमा एआई र साइबर सुरक्षा शिक्षाको नयाँ सुरुवात, टेकपाइलाले ल्यायो अन्तर्राष्ट्रियस्तरका कोर्सहरू

काठमाडौं – एआई र साइबर सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने टेकपाइला इन्नोभेसनको औपचारिक सुरुवात भएको छ ।

नेपालको सूचना प्रविधि क्षेत्रमा देखिएको दक्ष जनशक्तिको अभावलाई पूर्ति गर्न टेक पाइला इनोभेसनले एनसीसी एजुकेसन युकेसँगको साझेदारीमा अन्तर्राष्ट्रिय स्तरको साइबर सुरक्षा, एआई र डाटा साइन्स कोर्स सुरु गरेको हो ।

कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरी ल्याइएका यी कोर्सहरूले विद्यार्थीहरूलाई विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउँछन् ।

शैक्षिक संस्थाहरूले कुनैपनि अतिरिक्त लगानी बिनानै यी विश्व स्तरीय कोर्सहरू सञ्चालन गर्न सक्नेछन र ५० भन्दा बढी देशहरूमा मान्यता प्राप्त प्रमाणपत्र हुनेछन् । जसले गर्दा विदेशमा उच्च शिक्षाका लागि बाटो खोल्ने अपेक्षा गरिएको छ ।

टेक पाइला आफैले विद्यालयहरूमा प्रमाणित प्रशिक्षक र आधुनिक डिजिटल लर्निङ प्लेटफर्म (एलएमएस) उपलब्ध गराउनेछ ।

Forbes

टेक पाइलाका अध्यक्ष राजेन्द्र मल्लले आईटी र एआई शिक्षालाई सरकारले पनि प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । उनले नेपाल दक्षिण एशियाकै आईटी हब बनाउन सकिक्छ भनेर आग्न सबैलाई आग्रह गरे ।

अध्यक्ष मल्लले तिन वर्ष भित्रमा आईटी एआईटी एआइ सर्भिस डबलले भएको उनले बताए । २०२३ मा ७० अर्व रहेको बताउदै उनले अहिले १ सय ४० अर्ब पुगेको जानकारी दिए ।

यो क्षेत्र नेपालको जलबिधुत भन्दा पनि छिटो कमाउन सकिने क्षेत्र भएको उनले बताए । त्यसैले हाम्रो मुलुकमा रहेको युवा शक्तिलाई हिडेर जान नदिने र विदेश गए पनि सस्तोमा जाने विधिलाई रोक्ने कुरा यो शिक्षाले गर्ने उनले बिश्वास व्यक्त गरे । यो शिक्षा शहरी क्षेत्रमा मात्र नभएर ग्रामीन क्षेत्रमा पनि पुर्याउन आग्रह समेत गरे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु