चितवन – IELTS तथा PTE मास्टर क्लासको विशेष आकर्षण
विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै Mates International ले ‘Mates Study Expo 2026’ आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी मे २२, २०२६ मा बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ।
शिक्षा तथा भिसा परामर्श क्षेत्रमा लामो समयदेखि सक्रिय मेट्स इन्टरनेशनलले आयोजना गर्न लागेको उक्त एक्स्पोमा अष्ट्रेलिया, क्यानडा तथा बेलायतका ५० भन्दा बढी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरू सहभागी हुने आयोजकले जनाएको छ।
कार्यक्रममा विद्यार्थीहरूले scholarship opportunities, application fee waivers, course selection तथा visa प्रक्रिया सम्बन्धी प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन्।
यस एक्स्पोको मुख्य आकर्षणका रूपमा British Council का प्रतिनिधिद्वारा IELTS Master Class तथा Pearson PTE विशेषज्ञद्वारा PTE Master Class सञ्चालन गरिने भएको छ।
उक्त सेसनमा विद्यार्थीहरूले उच्च स्कोर ल्याउने रणनीति, updated exam pattern, speaking तथा writing techniques लगायतका विषयमा प्रत्यक्ष प्रशिक्षण प्राप्त गर्नेछन्।
त्यस्तै, कार्यक्रममा on-the-spot counseling, career guidance तथा documentation counseling समेत उपलब्ध गराइनेछ। विद्यार्थीहरूले विश्वविद्यालय प्रतिनिधिसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आफूअनुसारको अध्ययन गन्तव्य तथा कोर्स छनोटबारे जानकारी लिन सक्नेछन्।
एक्स्पोमा सहभागी सम्पूर्ण विद्यार्थीहरूका लागि gift hampers, games तथा मनोरञ्जनात्मक कार्यक्रमहरूको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ। “हात खाली नजाने” अवधारणासहित आयोजना गरिने कार्यक्रममा सहभागीहरूले विभिन्न आकर्षक उपहार प्राप्त गर्ने अवसर पाउनेछन्।
सन् २००७ मा अष्ट्रेलियाको ब्रिस्बेनबाट स्थापना भएको मेट्स इन्टरनेशनल शिक्षा तथा माइग्रेसन परामर्श क्षेत्रमा परिचित संस्था हो। संस्थाले नेपालसहित अष्ट्रेलिया, भारत, फिलिपिन्स लगायतका देशहरूमा आफ्नो सेवा विस्तार गरिसकेको छ।
मेट्स इन्टरनेशनलले दुई दशकदेखि विदेश अध्ययन परामर्श,
विद्यार्थी भिसा प्रक्रिया, विश्वविद्यालय तथा कलेज भर्ना सहायता, IELTS, PTE तथा TOEFL तयारी कक्षा,माइग्रेसन तथा PR परामर्श, टुरिस्ट तथा स्पाउस भिसा सहायता Documentation तथा SOP guidance, Pre-departure briefing लगायतका सेवा प्रदान गर्दै आएको छ।
संस्थाका अनुसार विद्यार्थीहरूलाई सही मार्गदर्शन, पारदर्शी प्रक्रिया तथा व्यक्तिगत काउन्सिलिङमार्फत अन्तर्राष्ट्रिय शिक्षा यात्रालाई सहज बनाउने उद्देश्यका साथ सेवा प्रदान गर्दै आएको छ।
एक्स्पोमा प्रवेश निःशुल्क रहेको छ भने सहभागी हुन इच्छुक विद्यार्थीहरूले अनलाइनमार्फत दर्ता गर्न सक्ने आयोजकले जनाएको छ।


