सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा सुनचाँदीकोे मूल्यमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ हजार ४०० रुपैयाँले बढेर ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । हिजो सोमबार २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य बढेको छ । आज चाँदीको ३५५ रुपैयाँले बढेर ५ हजार ६ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो सोमबार ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु