पर्सा ट्राफिकमाथि गम्भीर प्रश्न : सरकारी गाडीको दुरुपयोगमा किन बनेको छ मौन दर्शक ?

पर्सा – पर्सामा सरकारी नम्बर प्लेटका सवारी साधनको खुलेआम दुरुपयोग भइरहँदा ट्राफिक प्रशासनको भूमिकामाथि तीव्र आलोचना सुरु भएको छ। सडकमा सर्वसाधारणमाथि कडाइ देखाउने ट्राफिक प्रहरी सरकारी गाडीको हकमा भने रहस्यमय रूपमा नरम देखिएको आरोप लाग्न थालेको छ।

स्थानीयका अनुसार कार्यालय समयपछि पनि सरकारी गाडी निजी काम, पारिवारिक कार्यक्रम, होटल तथा विभिन्न व्यक्तिगत प्रयोजनमा प्रयोग भइरहेका दृश्य सामान्य बन्दै गएको छ। तर यस्ता सवारीमाथि न चेकजाँच, न कारबाही— जसले ट्राफिक प्रशासनको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा गरेको छ।

विशेषगरी ट्राफिक प्रमुख युबराज कट्टवाल को नेतृत्वमाथि आलोचना चुलिएको छ। “सामान्य नागरिकलाई नियमको डण्डा, सरकारी गाडीलाई खुला छुट” भन्ने जनगुनासो अहिले पर्सामा व्यापक सुनिन थालेको छ। कतिपयले प्रभावशाली व्यक्तिहरूसँगको पहुँच र दबाबका कारण ट्राफिक प्रशासन जानाजान मौन बसेको आरोपसमेत लगाएका छन्।

नागरिकहरू प्रश्न गर्छन् “सामान्य मोटरसाइकल चालकलाई दुःख दिने, तर सरकारी गाडीलाई सलाम ठोक्ने” शैलीले ट्राफिक प्रहरीको निष्पक्षतामाथि नै प्रश्न उठेको टिप्पणी हुन थालेको छ। “नागरिकलाई नियमको डण्डा, तर सरकारी गाडीलाई खुला छुट किन ?” भन्दै आक्रोश पोखिरहेका छन्। ट्राफिक प्रमुख युबराज कट्टवाल माथि समेत प्रभावशाली पहुँचवालाको दबाबमा आँखा चिम्लिएको आरोप लाग्न थालेको छ।

यदि नियम सबैका लागि बराबर हो भने सरकारी गाडीलाई किन विशेष सुविधा ? किन सडकमा सर्वसाधारणमाथि मात्रै कारबाही ? यही दोहोरो मापदण्डका कारण पर्सा ट्राफिकप्रति जनविश्वास कमजोर बन्दै गएको टिप्पणी हुन थालेको छ।

सरकारी साधन जनताको करबाट सञ्चालन हुने भएकाले यसको दुरुपयोग सीधा सार्वजनिक सम्पत्तिमाथिको दुरुपयोग भएको नागरिक समाजको भनाइ छ। तर जिम्मेवार निकायकै उदासीनताले गलत प्रवृत्तिलाई संरक्षण मिलिरहेको आरोप छ। अब पनि कारबाही नभए ट्राफिक प्रशासनमाथिको अविश्वास अझ गहिरिने चेतावनी स्थानीयले दिएका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु