काठमाडौँ — सनराइज हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा बुधबार पंजाव किंग्सलाई ३३ रनले हराएको छ र अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । यो नतिजापछि हैदरावादको ११ खेलबाट १४ अंक भएको छ । पंजाव भने १० खेलबाट १३ अंकमा दोस्रो स्थानमा छ ।
हैदरावादमा भएको खेलमा घरेलु टिमले पहिले ब्याटिङ गर्दै चार विकेटमा २ सय ३५ रन बनाएको थियो । त्यसमा हेनरिक क्लासेनले ४३ बलमा ६८ रन र इसान किसनले ३२ बलमा ५५ रन बनाएको थियो ।
जवाफमा कुपर कोलनीले नटआउट रहेर १ सय ७ रनको शतकीय इनिङ्स खेले पनि पंजावले सात विकेटमा २ सय २ रन मात्र बनाउन सक्यो । कोलनीले ५९ बलमा सात चौका र आठ छक्का प्रहार गरे । उनलाई अरू ब्याटरले भने बलियो साथ दिन सकेनन् ।


