काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा तथा नयाँ कार्यसमितिका लागि मतदान सुरु भएको छ । काठमाडौंको कमलादिस्थीत प्रज्ञा प्रतिष्ठानमा आज बिहानदेखि मतदान सुरु भएको हो ।
महासंघको ७३ पदाधिकारीका लागि १३७ व्यवसायीले उम्मेदवारी दिएका छन् । जिल्ला÷नगर, वस्तुगत र एशोसिएट समूहका विभिन्न पदमा प्रतिस्पर्धा हुनेछ भने वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन छुट्टै गरिनेछ ।
जिल्ला÷नगर उपाध्यक्षका लागि चार जनाबीच प्रतिस्पर्धा छ भने वस्तुगत र एशोसिएट उपाध्यक्षमा दुई÷दुई जनाको उम्मेदवारी परेको छ । विभिन्न पदमा व्यवसायीहरूले प्यानलसहित चुनावी प्रतिस्पर्धा तीव्र बनाएका छन् ।
वरिष्ठ उपाध्यक्ष पदमा हेमराज ढकाल, रामचन्द्र संघई र दिनेश श्रेष्ठबीच प्रतिस्पर्धा हुने चर्चा छ । निर्वाचनपछि महासंघ वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा अघि बढ्नेछ ।


