हावाहुरीले घरको छतको रेलिङ भत्किएर खस्दा सिरहामा एक जना महिलाको मृत्यु भएको छ।
मिर्चैया नगरपालिका–११, सितापुर टोलकी करिब ७५ वर्षीया कारीदेवी महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरीका अनुसार हावाहुरीका कारण घरको छतमा लगाइएको इँटाको रेलिङ भत्किएर घरको बरन्डामा बसिरहेकि महरा टाउकोमाथि खसेको थियो ।
घाइते उनलाई उपचारका लागि मिर्चैयास्थित मंगलम अस्पताल पुर्याउदा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।


