घरमा झगडा भइरहन्छ ? अपनाउनुहोस् यी उपाय घरमा शान्ति छाउने छ

एटुजेड समाचार

यस्ता छन् समाधानका ६ उपायसबैलाई आफ्नो घरमा सधैं सुख-शान्ति रहोस् भन्ने चाहना हुन्छ । तर कतिपय अवस्थामा बिना कुनै कारण कलह वा झगडाले परिवारबीच मनमुटाब हुने गर्दछ । यसकालागि ग्रह दोष वा वास्तु दोष जस्ता समस्या जिम्मेवार रहने गर्दछ । घरमा झगडा भैरहन्छ भने यी उपाय अपनाउनुहोस घरमा शान्ति छाउने छ :-

१. जुन घरमा दैनिक झगडा हुन्छ त्यहाँ लक्ष्मीको वास हुँदैन । साथै घरमा वास्तु दोष, ग्रह दोष, शनिको कुदृष्टि रहने गर्दछ । तसर्थ घरमा झगडा हुने वातावरण बनाउनु हुँदैन ।

२. राती सुत्नु अघि पीतलको भाँडामा कपूर राखेर त्यसलाई गाइको शुद्ध घिउमा डुबाएर बालेमा घरमा मनमुटाब हटाउन सकिने मान्यता छ । साथै एउटा कपुर बालेर त्यसको धुवाँ घरको सबैतिर पारेमा पनि गृह कलह हुनबाट बच्न सकिन्छ ।

३. मंगलबार हनुमानको सामुन्ने पञ्चमुखी दियो बालेर अष्टगन्धा बाली त्यसको सुगन्ध पूरै घरमा फैलाएमा यसले पनि घरमा सकारात्मक ऊर्जा सञ्चार हुने र सुख–शान्ति रहने धार्मिक मान्यता छ ।

४. कलहबाट बच्न एक चिम्टी केसरलाई पानीमा मिलाएर नुहाउने र पूजा पाठ गरी पून केसरको टिका लगाएमा र केसर हालेर दूध पीएमा घरमा शान्ति आउने मान्यता छ ।

Forbes

५. घर पुछ्ने पानीमा थोरै मात्रामा नुन राखेर घर पुछेमा घरबाट नकारात्मकता दूर हुने र वास्तु दोषबाट छुटकारा पाउन सकिने धार्मिक विश्वास छ ।

६. जुन घरमा हमेशा कलह र क्लेश हुन्छ त्यस घरमा सुख–शान्तिका लागि महिनामा एक पटक सत्यनारायणको पूजा लगाइ कथा वाचन गरेमा सुख समृद्धि आउने विश्वास गरिन्छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु