आईपीएल: सुपर ओभरमा कोलकाताको रोमाञ्चक जित, लखनउ पराजित

एटुजेड समाचार

काठमाडौं कोलकाता नाइट राइडर्सले आइपीएलमा सुपर ओभरमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ।

गएराति सम्पन्न खेलको पहिलो सुपर ओभरमा कोलकोताले लखनउलाई पराजित गर्दै महत्वपूर्ण २ अंक बटुलेको हो।

सुपरओभरमा ३ बलमा दुवै विकेट गुमाएको कोलकोताले केवल २ रनको लक्ष्य दिएकोमा कोलकोताका रिंकु सिंहले पहिलो बलमा चौका प्रहार गरेर जित दिलाएका थिए।

यसअघि कोलकोताले दिएको १५६ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ८ विकेट गुमाउदै १५५ रन बनाए पछि खेल सुपर ओभरमा पुगेको थियो।

यो जारी आइपिएलमा कोलकोताको दोस्रो जित हो। यो जितपछि कोलकोताको ८ खेलमा ५ अंक भएको छ र आठौँ स्थानमा उक्लिएको छ। त्यस्तै लखनउको भने यो यस सिजनमा छैटौं हार हो। ८ खेलमा ४ अंकसहित लखनउ अंक तालिकामा पुछारमा रहेको छ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु