चितवन- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता, उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार काठमाडौंबाट उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पाण्डेमाथि सरकारी बोलपत्रसम्बन्धी ई–बिडिङ प्रणालीमा अनधिकृत पहुँच राखी आफ्नै कम्पनीलाई ठेक्का पार्ने प्रयासमा उनलाई पक्राउ गरेको हो । उनी कालिका कन्स्ट्रक्सनका सञ्चालकसमेत हुन्।
यसअघि पनि पाण्डेविरुद्ध सिक्टा सिँचाइ आयोजना मा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले २०७५ सालमा मुद्दा दायर गरेको थियो। यद्यपि, उनी २०७९ सालमा सहरी विकास मन्त्री बनेका थिए।
पाण्डे २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। पछिल्लो प्रकरणमा डिजिटल प्रणाली दुरुपयोग गरी ठेक्का प्रभावित पार्ने प्रयास गरेको आरोपसहित उनीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


