कान्तिपुरका प्रबन्ध निर्देशक सिरोहियाले दिए पदबाट राजीनामा

एटुजेड समाचार

काठमाडौँ – कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले पदबाट राजीनामा दिएका छन्। उनले बिहीबारदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी केएमजीका कर्मचारीलाई सम्बोधन गर्दै पठाएको सन्देशमार्फत दिएका हुन्।

सिरोहियाले आफ्नो राजीनामामा पछिल्लो समय कान्तिपुरले गरेको रिपोर्टिङ, विशेष गरी तत्कालीन गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित समाचारप्रति असहमति जनाएका छन्। उनले ती समाचारलाई सनसनीपूर्ण रूपमा प्रस्तुत गरिएको आरोप लगाउँदै “मैले विश्वास नगरेको पत्रकारितासँग आफ्नो नाम जोडेर रूपान्तरणको नेतृत्व गर्न सक्दिनँ” भनेका छन्।

केएमजीले भने अनुसन्धान निकायबाट प्राप्त स्रोतका आधारमा गुरुङसँग सम्बन्धित शंकास्पद कारोबारबारे समाचार प्रकाशित गरेको थियो। समाचारमा तथ्य र अनुत्तरित प्रश्नहरू समेटिएको बताइएको छ।

यसअघि बिहीबार बिहानै सिरोहियाले सामाजिक सञ्जालमा उक्त समाचारसँग सम्बन्धित लिंक र स्क्रिनसट साझा गर्दै यसलाई “मिसन पत्रकारिता जस्तो देखिने” टिप्पणी गरेका थिए।

सिरोहिया १ असोज २०८० मा केएमजीको प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु