चितवन उद्योग संघद्वारा कालिकोट उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँग छलफल

एटुजेड समाचार

भरतपुर – मुगुको रारा सहित कर्णाली प्रदेशको औद्योगिक अवलोकन भ्रमणको क्रममा कालिकोट आइपुगेको चितवन उद्योग संघको टोलि र कालिकोट उद्योग वाणिज्य सङ्घका पदाधिकारीबीच दुबै सस्थाबिच सहकार्य गर्ने बिसयमा छलफल भएको छ ।

छलफलमा चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले संघले अघि सारेका परियोजनाको विषयमा आफ्नो भनाइ राख्नु भएको थियो ।

छलफलमा चितवन उद्योग संघका पूर्व अध्यक्ष हरिप्रसाद सुवेदीले संघको दुबै सस्थाको सहकार्य गरेर अगाडी बद्नु पर्ने बताउनु भयो ।

छलफलमा कालिकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष रतन बहादुर शाहीले संघको आयोजनामा हुने प्रदर्शनीहरूमा सहकार्य गरेर जाने बताउनु भयो ।

छलफलमा कालिकोट उद्योग वाणिज्य सङ्घका कार्यालय प्रमुख शोभाराज बराल, भ्रमण टोलीका सदस्यहरू लगायतको उपस्थिति रहेको थियो।

Forbes

चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष एवम् संस्थागत सम्बन्ध तथा भ्रमण विभागका विभागीय संयोजक विशाल चापागाईले धन्यवाद मन्तव्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु