काठमाडौं – इंग्लिस क्लब ब्राइटनले इंग्लिस प्रिमियर लिगमा चेल्सीविरुद्ध ३–० को सहज जित निकालेको छ । जितसँगै ब्राइटनले प्रतियोगितामा ५० अंक जोडेको छ ।
तालिकाको छैटौँ स्थानमा उक्लिएको ब्राइटनले ३४ खेलमा १३ जित, ११ बराबरी र १० हारसहित यो नतिजा आत्मसाथ गरेको हो । मंगलबार ब्राइटनलाई घरेलु मैदानमा जित दिलाउन फ्रेदी कोडियोग्यु, ज्याक हिन्सेलवुड र ड्यानी वेल्बेकले समान एक गोल गरे । ब्राइटनले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो ।
खेलको तेस्रो मिनेटमा कोडियोग्युले ब्राइटनलाई अग्रता दिलाए । ५६औँ मिनेटमा हिन्सेलवुडले अग्रतालाई दोब्बर बनाए । इन्जुरी समयमा वेल्बेकले तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् ।
पराजित चेल्सी भने हारसँगै तालिकाको सातौँ स्थानमा झरेको छ । ब्राइटनसँग दुई अंकले पछाडि परेको चेल्सीले समान खेल खेल्दा १३ जित, नौ बराबरी र १० हारसहित ४८ अंक जोडेको छ ।


