काठमाडौं – बेलायतबाट वि.सं. २०५२ सालमा नेपाल फिर्ता ल्याई लामो समयदेखि राष्ट्रिय संग्रहालय,छाउनीमा राखिएको महागौरी पार्वती देवीको प्राचीन मूर्ति पुनः ऐतिहासिक स्थान मरू क्षेत्रमा पुनर्स्थापना गरिएको छ।

विश्व सम्पदा दिवसको अवसर पारेर महागौरी पार्वती देवीको प्राचीन मूर्ति मरू क्षेत्रमा पुनर्स्थापना गरिएकाे हाे ।

काठमाडौं महानगरपालिकाको पहलमा आज महागौरी पार्वती देवीको मूर्ति पुनर्स्थापना गरिएकाे हाे ।



