५९ किलो गाँजासहित तीन भारतीय पक्राउ

एटुजेड समाचार

सुनसरी – धरान उपमहानगरपालिका–१३ स्थित कोसी लोकमार्गबाट ५९ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित तीन भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार (वैशाख ५) बिहान भेडेटारबाट धरानतर्फ आउँदै गरेको बीआर १० पीबी २२४१ नम्बरको भारतीय स्कोर्पियो जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डीएसपी भिषणबाबु राईले गाडीको सिटमुनि फल्स बटम बनाई लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा गाँजा फेला परेको जानकारी दिए ।

गाडीसहित भारतको बिहारका २२ वर्षीय चालक सुबिध कुमार, सोही ठाउँका २२ वर्षीय रोहित कुमार र ४० वर्षीय मोहम्मद जमशेरलाई नियन्त्रणमा लिइएको उनले बताए ।

नियन्त्रणमा लिइएका तीनैजनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु