गुरुकुल कलेजमा ‘गुरुकुल एसइई फुटसल कप’ २०८३ हुदै

एटुजेड समाचार

चितवन – चितवनको भरतपुर महानगरपालिका–९ स्थित गुरुकुल कलेजले एसइई परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘गुरुकुल एसइई फुटसल कप’ २०८३ हुने भएको छ । प्रतियोगिता यहि बैशाख ९ देखि ११ गतेसम्म सञ्चालन हुने कलेजले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

यस प्रतियोगितामा चितवन भित्र र बाहिरी जिल्लाबाट एसइई दिएर बसेका विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन्। कलेज परिसरमै निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको फुटसल मैदानमा तीन दिनसम्म प्रतियोगिता सञ्चालन गरिनेछ। कलेजका प्लसटु विज्ञान कार्यक्रम संयोजक हरिहर भुसालका अनुसार विद्यार्थीहरूमा अनुशासन, टीमवर्क र अध्ययनप्रति लगाव बढाउन यस्ता अतिरिक्त क्रियाकलाप आवश्यक भएकाले प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा प्रत्येक टिमबाट ५ जना मुख्य खेलाडी र ३ जना सवस्टिच्यूटसहित कुल ८ जना सहभागी हुन पाउनेछन्। सहभागी हुनका लागि सम्बन्धित विद्यालयको परिचयपत्र अनिवार्य रहनेछ।

प्रतियोगिताका विजेताले १५ हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट स्कोरर, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट खेलाडीलाई जनही २/२ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले बैशाख ७ गतेभित्र दर्ता गरिसक्नुपर्ने कलेजले जनाएको छ। गुरुकुल कलेजले यसअघि पनि विद्यार्थी लक्षित विभिन्न शैक्षिक तथा सह-पाठ्यक्रम गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु